काठमाडौं - सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। कारमा सवार पाँचै जना भने सकुशल रहेका छन्।

सोमबार बिहान गुडिरहेको पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो तीव्र गतिमा फैलिँदा केही समयमै कार पूर्ण रूपमा जलेर ध्वस्त भएको हो।

आगलागीबाट कारमा ठूलो क्षति भए पनि मानवीय क्षति भने हुन पाएन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।