काठमाडौं – कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडास्थीत डाँडागाउँकी ४८ वर्षीया सावित्री जोशी रहेको प्रहरीले जनाकारी दिएको छ ।
आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 comment