काठमाडौं – श्रमिकलाइ एअरपोर्टबाट फर्काएको भन्दै बैदेशिक रोजगार ब्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । 

आफुले पठाएका श्रमिकहरुलाइ अध्यागमन कार्यालयले त्रिभुवन बिमानस्थलबाट फर्काउनु गलत काम भएको भन्दै बैदेशिक रोजगार ब्यवसायीहरुले बिरोध जनाउदै कालिकास्थान स्थित अध्यागमन बिभाग अगाडि प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनमा भिजिट भिषा सेटिङ्ग बन्द गर, अध्यागमनमा हुने अनियमितता छनबिन गर, फर्काइएका श्रमिकहरुलाइ क्षतिपुर्ति देउ, लेखिएका प्लेकार्ड बोकेका थिए । वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमप्रति विरोध गरेको छ । अध्यागमन कार्यालयले गलत नियतका साथ दुःख दिएको बताए ।
दुई बिभागीय समन्वय नभएको कारण श्रमिकले दुख झेल्नु राम्रो नभएको र चाडो भन्दा चाडो निष्कर्समा पुर्याइ उचित ब्यवस्थापन गर्नु पर्ने बिभागका प्रबक्ता गुरुदत्त सुवेदी बताउनु हुन्छ ।

श्रम कार्यालयले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दियो । तर, विदेश उड्न विमानस्थल पुग्दा अध्यागमनले फर्काइदियो । कुबेत हिँडेका १ सय २६ नेपाली कामदार सरकारी निकायबीच समन्वय नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।

अध्यागमनका कर्मचारीले उनीहरूको भिषा नक्कली भएको संका लागेको कारण श्रमिकहरुलाइ विदेश जान रोक लगाएको हो र त्यस उपर छानबिन भैरहेको अध्यागमन बिभागका सुचना अधिकारी खिमराज भुसालले बताउनु भयो । 

फर्काइएका श्रमिकहरुको कागज पत्रमा केही कैफियत नभएको दाबी गर्नुका साथै लगाएको आरोप पुष्टि गर्न बैदेशिक रोजगार सघ का सचिव कर्ण कटुवालले चुनौती दिनु भयो ।

अध्यागमन बिभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार मंगलबार बेलुकी ३७, बुधबार बेलुकी ८७ र बिहीबार बिहान १४ जनालाई कुबेत जान रोक लगाइएको हो। ती कामदारका श्रम गरिएको कागजपत्रमा शंका लागेपछि यात्रामा रोक लगाइएको बताउनु भयो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा हिँडेका नागरिक किन फिर्ता भए भन्ने अध्यागमन बिभागले औपचारिक जानकारी नदिएको बताउनु भयो । 

बिनाकारण अध्यागमनले दुःख दिएको भन्दै  म्यानपावर व्यवसायीले पहिलो चरणको बिरोध प्रदर्शनको आयोजना गरेको बताउदै गलत गरेको भए प्रमाण जुटाएर कानुनी कारवाही गर्न चुनौती दिँदै अनावश्यक दुःख नदिन आग्रह गरेका छन् ।