काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ६३० मिलिग्राम अवैध लागुऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, गोदावरी नगरपालिका–७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी–२ का १८ वर्षीय विरेन्द्र बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ । से २ प १६३८ नम्बरको मोटरसाईकललाई शंकालागि चेकजाँचगर्दा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उनीहरुको साथबाट अवैध लागुऔषध बरामद गरेको हो । 

यस्तैगरी धनगढी–३ बाटै ८०० मिलिग्राम लागुऔषधसहित धनगढी–२ का २७ वर्षीय रोहित बुढाथापा र गोदावरी नगरपालिका–१ धनगढी रोड गेटा–५ का २८ वर्षीय दिपेन्द्र अवस्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा उनको साथबाट लागुऔषध बरामद गरेको हो ।