काठमाडौं – सार्वजनिक सवारी साधनमा यात्रा गर्ने ब्यक्तिहरुको रकम चोरी गर्ने एक समुहलाई काठमाडौ उपत्यका अपराध अनुसन्धानको टोलिले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने बर्ष ३१ का सन्जिब तामाङ्ग, दक्षिणकाली नगरपालिका ५ फर्पिङ्ग बस्ने बर्ष ३३ का आत तामाङ्ग, ललितपुर इमाडोल बस्ने वर्ष २१ कि सबिना तामाङ्ग र ललितपुर १७ ग्वार्को बस्ने बर्ष ५८ कि मङ्गल लक्षमि श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
यो समुहले सार्वजनीक सवारी साधनमा यात्रा गर्दै गरेका बिष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर चोरी गरेका थिए ।
यस्तैगरी, प्रहरीले ललितपुरको ग्वार्कोबाट २ लाख रुपैया र मोबाइलहरु चोरी गरेको डलर साटी दिने मङ्गल लक्षमि र ललितपुरको बकुबहाल स्थित महाबुद्ध मनि एक्स्चेन्ज बाट १ सय दरको २८ वटा अमेरिकी डलर सहित सन्जिब तामाङ्ग्लाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तीहरुलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता रबिन्द्र रेग्मिले जानकारी दिएका छन् ।


0 comment