काठमाडौं – काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले अबैध अमेरिकी डलर कारोबार गर्ने एक जनालाई ललितपुर ६ वकु बहालबाट
प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने बर्ष ३४ वर्षिय सनमोहन श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठबाट १ सय दरको १ सय ९८ थान अमेरिकी डलर प्रहरीले बरामद गरेको छ । 

श्रेष्ठलाइ थप अनुसन्धान लागि राजस्व अनुसन्धान बिभाग, पुल्चोक पठाएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता रबिन्द्र रेग्मीले जानकारी दिएका छन् ।