काठमाडौं – सल्यानमा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ५ बजेको समयमा स्थानिय ४० वर्षीय आइते रावत र तित्र बहादुर घर नजिकैको बाहुननाका जंगलमा बन्दुक लिएर सिकार खेल्न गएका थिए । सोही क्रममा आइतेले बोकेको बन्दुक एक्कासी पड्किदा तित्र बहादुरको छातीमा छर्रा लागेर गम्भिर घाइते भएका थिए ।
उपचारका लागी सुर्खेत तर्फ लैजादै गर्दा बनगाड कुपिन्डे नगरपालिका ९ स्वारा निवासी अन्दाजी १६ वर्षीय तित्र बहादुर रावतको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभएको छ ।
मृतकको शवलाई घरमा लिएर राखेको अवस्थामा स्थानियले प्रहरीलाई खबर गरेपछी प्रहरी घटना स्थलमा पुगेको र अहिले शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरी निरीक्षक खनालले बताउनुभएको छ । साथै बन्तुक सहित आइते रावत फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


0 comment