काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित दिल्ली उडानमार्फत भारत गएका हुन्।

प्रधानमन्त्रीको भ्रमणका लागि निगमको नियमित उडान आरए २१७ प्रयोग गरिएको हो। न्यारोबडी विमानबाट प्रधानमन्त्रीसहित ३५ सदस्यीय टोली प्रस्थान गरेको छ। विमानको सीमित क्षमताका कारण निजी क्षेत्रका अधिकांश प्रतिनिधि भने शनिबार नै निगमलगायत अन्य उडानमार्फत भारत पुगिसकेका छन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी छन्। त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित विभिन्न मन्त्रालयका सचिव तथा उच्च सरकारी अधिकारी टोलीमा छन्।

यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना रहने बताइएको थियो। आइतबार बिहान नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलको नाम थपिएपछि प्रतिनिधिमण्डल ३५ सदस्यीय बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका सचिवालयका सदस्य, परराष्ट्र मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसमेत सहभागी छन्।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, प्रधानमन्त्रीका सल्लाहकार, सुरक्षा अधिकारी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधि रहेका छन्।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू :

१. प्रधानमन्त्री बालेन्द्र शाह
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. शिशिर खनाल, परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की, मुख्यसचिव
८. अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयका सहसचिव
१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकी उपसचिव
२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयका उपसचिव
२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. डीएसपी दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता
३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजनका भिडियोग्राफर
३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक