काठमाडौं - बाजुरामा आज भूकम्पको धक्का महसुस गरिएको छ। 

आज दिउँसो १:४५ बजे बाजुराको विछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

छिमेकी जिल्‍ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको  छ। यसअघि पनि बाजुरामा भूकम्प गएको थियो।

क्षतिको विवरण आउन बाँकी छ।