काठमाडौं - झापामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। 

झापाको बिर्तामोडस्थित मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन्। 

बीएण्डसी हस्पिटलमा चालकको काम गर्दै आएका बिर्तामोड-७ निवासी ३४ वर्षीय चौधरी केही महिनादेखि बेरोजगार रहेको बताइएको छ। 

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा हालेर हस्पिटल पुर्‍याइएको बताइएको छ। 

शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको चौधरीको एचडीयुमा उपचार भइरहेको छ। उनले आत्मदाह गर्नुको कारण अझै खुलेको छैन।