काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहामा हुन लागेको अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनका लागि दोहा जाने तयारीमा छन् ।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि फागुन २१ र २५ गते) सम्म आयोजना हुँदैछ । उक्त सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएकाले प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

0 comment