काठमाडौं - यस बर्ष सरकारले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राज बहादुर शाहलाई सम्मान गरेको छ ।
यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रुपमा उनलाई सरकारले आज सम्मान गरेको हो । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेका हुन् । २०७७, २०७९, २०८० र २०८२ सालमा पनि शाह नै धेरै कर तिरेवापत सम्मानित भएका थिए ।
यसपटक निकायहरु मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रालि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल सूर्य नेपाल सहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ ।
कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।


0 comment