काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण एक दिनको मात्र हुने स्रोतले जनाएको छ ।

मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट प्रधानमन्त्री शाहसहित नेपाली प्रतिनिधिमण्डल दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएकव छ ।

त्यस दिन नेपाली दूतावासले आयोजना गर्ने जलपान समारोहमा सहभागिता हुने सम्भावना रहे पनि निधो भइसकेको छैन ।

मंसिर ७ गते प्रधानमन्त्री शाह तीन वटा औपचारिक भेटवार्तामा सहभागी हुनेछन् । उहाँको भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता र एक्ला एक्लै भेटवार्ता हुनेछन् । भेटवार्ता हैदरावाद हाउसमा हुने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशंकर भेट गर्ने कार्यक्रम रहेको बाहेक अन्य कुनै वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले खुलाएको छैन ।

यसअघि प्रधानमन्त्रीको राजकीय भ्रमणको बेला दिल्लीको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि अन्यत्र प्रदेशहरूमा पनि जाने गरेकोमा यस पटक भने प्रधानमन्त्री एक दिनमै स्वदेश फर्किने बताइएको छ ।