काठमाडौं - राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु दुई जना घाईते भएका छन् ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जादै गरेको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाईएको छ ।
घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्वमा पर्दछ ।


0 comment