काठमाडौ :मोरङ्ग  प्रहरीले श्रोत नखुलेको रकम सहित एकजनालाइ पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका- १७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाईकल चालक विराटनगर- १८ का ४१ बर्षीय बिरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया सहित पक्राउ गरेको हो । 
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रबक्ता दीपक पोखरेलले जानकारी दिनु भयो।