केन्द्रीय अनुसन्धान ब्युरो को टोलिले बालयौन दुराचार तथा जवरजस्ती करणी मुद्दामा कारागारबाट फरार दुई बिदेशीलाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सम्मानित जिल्ला अदालत कास्कीको आदेशले कारागार कार्यालय कास्कीमा बाल यौन दुराचार मुद्दामा कैद भुक्तान गरीरहेका अमेरिकी नागरिक बर्ष ७० का माइकल नोर्मन टायलर र सम्मानित जिल्ला अदालत काठमाडौंको आदेशले कारगार कार्यालय जगन्नाथ देवलमा जबर्जस्ती करणी सम्बन्धि मुद्दामा कैद भुक्तान गरिरहेका ४० बर्षिय अमेरिकी नागरिक जेसन् लोड मोडि रहेका छन ।
जेनजी आन्दोलनको समयमा कारागारबाट कैदी बन्दीहरु भाग्ने क्रममा आ-आफ्नो कारागारबाट फरार भएकोले निजहरुको खोजी गर्ने क्रममा बिशेष सुचनाको आधारमा यस केन्द्रीय आनुसन्धान ब्यूरोको टोलिले २०८२।०६।०६ गते जिल्ला काठमाडौं वडा नं. ३ महाराजगन्जबाट पक्राउ गरी सम्बन्धित कारागार बुझाउने प्रकृयामा रहेको ब्युरोका सहायक प्रबक्ता धर्म भण्डारीले जानकारी दिनु भयो।


0 comment