काठमाडौं — आन्तरिम सरकारकी प्रधानमन्त्री शुसिला कार्कीले २ दशक भन्दा पत्रकारिता क्षेत्रमा अनुभव बटुलेका पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका जगदिस खरेललाई सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा सिफारसि गरेकी छन । 

खरेल इमेज टेलिभिजनका समाचार प्रमुख पदमा कार्यरत थिए र खरेलले इमेज टेलिभिजनमा हट सिट कार्यक्रम चलाउथे । जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रश्न गरेर रोचक र मिठासयुक्त अन्तरवार्ता चलाउने खरेल पत्रकारिताका सेलीब्रेटी नै बनेका थिए ।  प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस हुँदा खरेल पनी मन्त्री बन्ने लिस्टमा परेका हुन । प्रश्न गर्ने ठाउबाट उत्तर दिने ठाउमा पुगेका खरेलले आम सञ्चार जगतको विकास र पत्रकारितालाई अझ बलियो र विश्वासिलो बनाउन कस्तो योजना बनाउछन र कस्तो सञ्चार नीति ल्याउछन त्यो त हेर्न नै बाकी छ पत्रकारिता र सञ्चार क्षेत्रको विकास भरोसाका लागि खरेललाई यो सुनौलो अवसर हुन सक्छ । 

यसैगरी महावीर पुन, अनिल सिन्हा, डा. मदन परियार र डा. संगीता मिश्रको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको छ । 

महावीर पुन शिक्षा, अनिल सिन्हा कानुन, डा. मदन परियार कृषि र डा. संगीता मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएका हुन ।