काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्रा.) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउँदै सरुवा गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले शाक्यको स्थानमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै विद्युत् प्राधिकरणको नेतृत्व फेरबदल भएको छ ।
बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।


0 comment