काठमाडौं — जेनजी आन्दोलनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार गराइरहेका युवाहरुसँग विएन टिभीको टिमले भेटेको छ । सोही क्रममा जेनजी आन्दोलनमा घाइते भएकाहरुसँग कुराकानी गर्दा यो अहिलेको परिवर्तनलाई जोगाउन खबरदारी गर्नुपर्ने कुरा बताए । घाइतेहरुको चिन्ता छ कतै फेरी यिनै सत्तामा बसेर तरमारिरहेकाहरु फेरी पनि सत्तामा फर्किएर यो आन्दोलनलाई त्यसै तुहाउने हुन की भन्ने चिन्ता भएको हामीसँग बताएका छन । घाइतेसँग कुराकानी गर्दा कतिपय घाइतेहरुको आफूलाई संरक्षण गर्ने अभिभावक नभएको छ साथीभाईले हेरचाह गरिरहेको अवस्था बताएका थिए । 

वीर अस्पतालमा ४ वटा सम्म गोली लागेका घाइतेहरुलाई हामीले भेटेका छौ । कतिपय घाइतेहरु मिडियामा बोल्न अझै डराउने गरेको पाइयो भने कतिपय घाइतेहरुले हामीसँग भनेका छन अहिले हामीलाई विभिन्न अज्ञात नम्बरबाट धम्कीपूर्ण फोन कलहरु पनि आउने गरेको बताए । तर उनीहरुको अडान थियो की यो मुलुकलाई मिलिमिलि अब लुटेर खाना नदिने बरु मर्न परेपनि फेरी गोली खान तयार छौं उनीहरुको आक्रोस थियो । हामीले घाइतेसँग विशेषगरी अब खबरदारी के हुन्छ ? जेनजीको अगुवाइमा भएको यो परिवर्तनलाई जोगाउन जेनजीको भूमिका के लगायतका प्रश्नहरु गरेका थियौं । आन्दोलनमा घाइतेका आफन्तको पनि चिन्ता छ यो परिवर्तनलाई फेरी पनि दलहरुको हावी भएर निस्तेज पार्ने हुन की भन्ने उनीहरुले हामीसँग बताए । नेताहरुको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरिनु पर्ने भ्रष्ट्रचारी र कुशासनका मतियारहरुलाई तत्काल जेल हाल्नु पर्ने र सुशासनको अभ्यासलाई देशव्यापी बनाउनु पर्ने लगायतका माग जेनजीले उठाइरहेका छन । अबको नेतृत्वसँग आसावादी रहेको पनि घाइतेहरुले बताए ।

करिब ७४ जना भन्दा बढी युवाहरुको बलिदानीबाट प्राप्त यो उपलब्धीलाई जोगाउनु सबैको दायित्व हो । अब हुने चुनावमा फेरी पनि यिनै दलहरुको हावी हुन नदिनका लागि विशेषगरी जेनजीहरुको टिमले खबरदारी गर्नुपर्ने र त्यसमा सबैको साथ चाहिने कुरामा कुनै दुईमत छैन । दलहरु सच्चिन आवश्यक नठानेको हुनाले मुलुकले अहिले यो गम्भीर मोडको सामना गरिरहेको छ ।