काठमाडौं - जिविकोपार्जनमा कठिन भएका परिवारलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिविकोपार्जनका लागि परिवार सहयोग गरेको छ । आर्थिक अवस्था कम्जोर भएका परिवारलाई संस्थाले उक्त सहयोग गरेको हो । विशेषगरी आफ्नो कार्यक्षेत्रका निमुखा परिवारलाई संस्थाले सहयोग गर्दै आइरहेको हो । संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं. १४ को एक परिवारलाई व्यवसायका लागि बाख्रा पालन त्यसैगरी अन्य केही परिवारलाई होटेलका लागि मम बनाउने भाडो, सिलाई गर्नका लागि आवश्यक सामग्री सहयोग गरेको हो ।

उक्त सहयोग पाएका परिवारले यो सहयोग हाम्रो लागि निकै ठूलो भएको अब यसको सदुपयोग गरी जिविकोपार्जन सहज बनाउने बताएका थिए । चन्द्रागिरि नगरपालिका वडा नं. १४ बालमैत्री वडा घोषणाको प्रक्रियामा रहेको छ । त्यसैले उक्त वडामा रहेका बालबालिका तथा निमुखा परिवारलाई सहयोग गर्ने गरिएको संस्थाका प्रतिनिधिले बताउनु भयो ।

सस्थाले विगतदेखि नै समस्यामा रहेका बालबालिका तथा परिवारलाई आर्थिक रुपमा पनि सवलता होस् भन्ने उद्देश्यले विभिन्न सहयोगहरु गर्दै आइरहेको संस्थाको भनाई छ । सामाजिक संस्थाहरुको सक्रियाताले समस्यामा परेका बालबालिका महिला तथा सिमान्तकृत समुदायलाई सहज भइरहेको पाइएको छ । राज्य पुग्न नभ्याएको ठाउँमा सामाजिक संस्थाहरुले सहयोग गर्ने गरेको हुनाले राज्यको सहयोगमा थप टेवा पुग्ने गरेको सरोकारवाला पक्षको भनाई छ ।