काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

देशभर सामान्यतया मौसम बदली रहने भएकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र देशका बाँकी भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया मौसम बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना कायम रहनेछ।