काठमाडौं - जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव हेलिकप्टरमार्फत पठाइएको छ । शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर ६ वटा शव उपत्यका बाहिर पठाइएको हो । ६ वटा शवमा उदयपुरको दुई र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीका १-१ जना रहेका छन् ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको छ । जसमध्ये प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।


0 comment