काठमाडौं — महिला दिदीबहिनीहरु सिलाई कटाई सीप सिकेर आत्म निर्भर बनिरहेका छन । बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले श्रमक्षेत्रका २० जना महिलादिदीवहिनीहरुलाई ३ महिना (३९० घण्टा) को निशुल्क सिलाईकटाई तालिम दिएको हो । संस्थाले एफ स्किल ट्रनिङ सेन्टर ललितपुरसँग सहकार्य गरी उक्त तालिम दिइएको हो । ३ महिने निशुल्क सिलाईकटाई तालिममा सहभागी भएका दिदीवहिनीहरुलाई सिलाईकटाईको लागि एक कार्यक्रमको आयोजना गरी लुगा सिलाउने मेसिन सेट हस्तान्तरण गरिएको हो । 


कार्यक्रममा सहभागी बाल विकास समाजका कोषाध्यक्षले यस किसिमका तालिम संस्थाले महिलादिदीवहिनीहरुका लागि चलाए पनि अन्तत त्यसबाट बालबालिकाको समग्र विकासमा सहयोग पुग्ने बताउनु भयो । आमाहरु आत्मनिर्भर भएपछि उनीहरुका बालबालिकाको शिक्षा स्वास्थ्य लगायत समग्र विकासमा टेवा पुग्ने कुरामा उहाँको जोड थियो । त्यसैगरी कार्यक्रममा बोल्दै वल्र्ड भिजन इन्टरनेसनलका प्रतिनिधिले निशुल्क रुपमा तालिम लिई प्रमाणपत्र सहित मेसिन पनि सबै दिदीबहिनीहरुले पाउनु भएको छ । अब यसको सदुपयोग गर्न आग्रह गर्दै अन्तत आमाले कमाउने भएपछि छोराछोरीको शिक्षा स्वास्थ्यमा सहज हुन्छ भन्ने हाम्रो विश्वास छ उहाँले भन्नु भयो । बालबालिकाको संरक्षण र अधिकारका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपाल बाल विकास समाजसँग सहकार्य गरी काम गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा एफ स्कीलका प्रतिनिधिले तालिमका लागि सहजिकरण गरेकोमा संस्थाप्रति आभारी भएको बताउदै सहभागीहरुको स्कील टेष्ट परीक्षाका लागि चाडैं सिटिभिटीसँग समन्वय गरी प्रक्रिया अगाडी बढाउने कुरा बताउनु भयो । 
संस्थाले हरेक वर्ष महिलादिदीवहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस किसिमका तालिमहरु निशुल्क रुपमा सञ्चालन गर्ने गरेको स्रोतले जनाएको छ । विशेषगरी इँट्टा उद्योगमा श्रम गर्ने दैनिक ज्यालामजदुरी गर्ने दिदीबहिनीहरुलाई यो तालिममा सहभागी गराइएको थियो । 

बाल विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालले बालबालिकाको क्षेत्रमा सक्रिय रुपमा विभिन्न कार्यक्रम परियोजना सञ्चालन गरिररहेको र त्यसबाट धेरै भन्दा धेरै बालबालिकाहरुले सेवा पाइरहेको कुरा जनाइएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाबाट विशेषगरी निमुखा वर्गले सेवा पाइरहेको बताइएको छ । करिब ६० जना महिलादिदीवहिनीहरुले यो सिलाईकटाई तालिम लिइ व्यवसायिक रुपमा काम गरिरहेको संस्थाका प्रतिनिधिले बताएका छन ।