काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका छन्।

नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले राजीनामा दिने अभ्यास रहँदै आएको छ। प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ता पदमा नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्।

हालै नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भने अहिलेसम्म नयाँ महान्यायाधिवक्ताको सिफारिस गरेकी छैनन्।