काठमाडौं — बालबालिकाहरुसँग अभिभावकले सेयर गर्न मिल्नेसम्मका कुरा सेयर गरे भने बालबालिका निकै खुशी देखिन्छन । बालबालिका र अभिभावकबिचको अन्तरक्रिया नहुनाले बालबालिका र अभिभावकविचको दुरी बढिरहेको बेला काठमाडौं महानगरपालिका वडा नं. १६ मा अन्तर पुस्ता छलफल कार्यक्रम भएको छ । अन्तर पुस्ता छलफलमा बालबालिकाहरुले आफ्ना कुरा खुलेर राखेका छन । हाम्रा कुरा सुन्नका लागि अभिभावकहरु तयार हुदैनन जुन व्यवहारले हामीलाई निकै निरास बनाउछ । अभिभावकहरुले हाम्रा कुरा सुन्ने हामीलाई सयम दिने वातावरण भइदियो भने हामी खुशी हुन्छौ भन्ने कुरा छलफलमा सहभागी एक बालिकाले खुलेर बताइन ।
विशेषगरी अभिभावकहरुको गुनासो भनेको बालबालिकाहरुले मोवाइल धेरै चलाए भन्ने थियो भने केही अभिभावकहरुले भन,े बालबालिकाले धेरै मावाइल चलाउने वातावरण कसले बनायो ? भनी प्रश्नसमेत गरेका थिए । अभिभावकहरु आफै सच्चियो भने बालबालिकाहरुलाई पनि राम्रो बानीमा डोहोर्याउन सजिलो हुने छलफलमा सहभागी एक अभिभावकको भनाई थियो । बालबालिकासँग अन्तर पुस्ता छलफल कार्यक्रमले अभिभावक, बालबालिकाबिचको दुरी घटाउने र बालमैत्री व्यवहारलाई प्रोत्साहन गर्ने छलफलमा सहभागी वडाका प्रतिनिधिले बताए । बालबालिकासँग सकरात्मक व्यवहार गर्नका लागि शिक्षक मात्रै जिम्मेवार भएर पुग्दैन अभिभाक पनि त्यत्तिकै सकरात्मक र बालमैत्री हुन जरुरी छ छलफलमा सहभागी शिक्षकहरुको भनाइ थियो । अन्तर पुस्ता छलफल कार्यक्रममा बालबालिका, शिक्षक, अभिभावक, वडाका प्रतिनिधि संस्थाका प्रतिनिधि तथा मिडिया कर्मीहरुको सहभागिता रहेको थियो । छलफलको सहजीकरण बालअधिकारकर्मी संजोग ठकुरीले गरेका थिए भने बाल विकास समाज र वल्डभिजन इन्टरनेसन्ल नेपालले उक्त छलफल कार्यक्रमको लागि सहयोग गरेको थियो ।


0 comment