काठमाडौं - दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । 

प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका- ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर- ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी- ५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको सनाखत भएको छ ।

अन्यको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।