काठमाडौं - सहकारी ठगीको मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की लगिएको छ ।
बयानका लागि मङ्गलबार कास्कीबाट रूपन्देही लगिएका रविलाई हिजो बयान सकिएसँगै आज पोखरा पठाइएको रूपन्देही प्रहरीले जनाएको छ ।
उनलाई विमान मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा पठाएको हो ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना बारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइएको हो ।


0 comment