काठमाडौँ ।
चन्द्रगिरि समाजले चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री तथा उच्च तहका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी भएका गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताए ।
गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको पनि बताए । ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ,’ गृहमन्त्री लेखकको भनाइ थियो ।
एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैँमा ठूलो महत्व रहेको मन्त्री लेखकको भनाई थियो । हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि पर्वहरुको निर्माण भएको कुरा मन्त्री लेखकको भनाई थियो ।


0 comment