काठमाडौं । 
मिति २०८१ मसिंर १६ गते कीर्तिपुर नगरपालिकामा मेयरको उपनिर्वाचन हुँदैछ । नेकपा एमालेले हुन गइरहेको मेयरको उम्मेद्धारमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ ।
नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्ष समेत हुन् ।
नेकपा एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाएको नाममा प्रदेशले निर्णय लिने व्यवस्था रहेको स्रोतको भनाई छ । एक नेताका अनुसार आकांक्षीहरुले समर्थन गरेर सर्वसम्मत नाम आएकाले उनलाई नै उठाउने हो ।  मेयरमा अरु नेता आकांक्षी नै नभएपछि मानन्धरलाई उठाएर एमाले कमिटिको निर्णय भएको जनाइएको छ । कीर्तिपुर नगरपालिकाका मेयरको मिर्गौला रोगका कारण निधन भएको थियो । अहिले कार्यवाहकबाट नगरको कामकाज अगाडी बढिरहेको छ ।