काठमाडौं ।
आज घरघरमा लक्ष्मी पूजा गरिएको छ । तिहारको मुख्य पूजाको रुपमा रहेको लक्ष्मी पूजा यसपाली कुकुर तिहारको दिन परेको हो । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका हुन । लक्ष्मीलाई धनकी देवीको रुपमा पूजा गर्ने गरिन्छ ।

घर तथा कार्यालयहरुमा विभिन्न रंङ राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।
लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ भने आज भैलो खेल्ने कार्यक्रम पनि सुरुवात भइसकेको छ । विषेश गरी भैलो खेल्नेहरु आजै बाट घरघरमा भैलो खेल्न जाने गर्छन ।


0 comment