दिपा थपलिया, काठमाडौं  - ११ ग्राम लागूऔषध खैरो हिरोइन र ६०० एम्पुल डाईजेपाम सहित बिभिन्न स्थानबाट ५ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा  जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ नमुना टोल बस्ने बर्ष २३ को सुजन गुरुङ र  वडा नम्बर १० बस्ने बर्ष ३३ को अजय गहतराज रहेका छन् ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोली जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा डेरा कोठा गरी बस्ने बर्ष २३ को अरुण नेपालीको डेरा कोठाबाट ७ ग्राम गरी जम्मा ११ ग्राम लागू औषध खैरोहेरोईन फेला पारेको थियो । 

प्रहरीले सोही समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका  वडा नम्बर १५ पिपलबोट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्वरको स्कुटर चालक जिल्ला ईलाम एकथापा गाउपालिका  वडा नम्बर ६ बस्ने वर्ष ३५ को दिपेश श्रेष्ठ र स्कुटर पछाडी बस्ने जिल्ला पर्सा पोखरीया नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २४ को लालबाबु पासवानले स्कुटरमा फल्स बटम बनाई लुकाई  ल्याइएको अवस्थामा लागूऔषध फेनार्गन २०० एम्पुल, नुफिन २०० एम्पुल र  डाईजेपाम २०० एम्पुल गरी ६०० एम्पुल डाईजेपाम फेला परेको थियो। 

उक्त लागूऔषध सहित निजहरु सुजन गुरुङ, अजय गहतराज,अरुण नेपाली,दिपेश श्रेष्ठ र लालबाबु पासवानलाई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध मुद्धा कसुरमा  ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बिश्वराज खड्काले जानकारी दिनु भयो। 

यसैगरि  मकवानपुर जिल्ला प्रहरी कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलिले धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने २ जना व्यक्तिहरु पनि नियन्त्रण लिएको छ। 

प्रहरीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङ स्थित राप्ती खोलाको बगरमा जिल्ला मकवानपुर बकैया गाउपालिका वडा नम्बर ४ बस्ने वर्ष २० को मनिष फुयाल र सोहि ठाउ बस्ने वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनको सिक्री धारिलो हतियार खुकुरी देखाई लुटेका थिए ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २० को असमिन चौलागाई र सोही ठाँउ बस्ने वर्ष २० को अनिस चौलागाई रहेका छ्न ।

पक्राउ परेकाहरुलाई घटनामा प्रयोग गरिएको धारिलो हतियार र सुनको सिक्री सहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा सम्मानित मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बिश्वराज खड्काले जानकारी दिनु भयो।