काठमाडौं - बहुआयामिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सुरेन्द्र ढकाल प्रतिष्ठानको आ व २०८१।८२ को प्रथम त्रैमासिक बेठक सम्पन्न भएको छ । 

राष्ट्रिय गानसंगै शुरु भएको बैठकमा  श्री सागर निधी तिवारी तथा श्री सन्ध्या राजभण्डारीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो भने पवित्र नगर समाज सामाखुसी, पवित्र महिला जागरण समाज सामाखुसी, जेष्ठ नागरिक समाज काडाघारी तथा तेश्रो आखा यूवा क्लब वानेश्वरलाई प्रतिष्ठानसँगको आवद्धता पत्र प्रदान गरियो । 

सोहि अवसरमा प्रतिष्ठानले महाकवि देवकोटा उत्कृष्ट पुस्तकालय पुरस्कारको लागि श्री रत्न पुस्तकालय वानेश्वरलाई रु ५० हजार प्रदान गर्यो  भने बैठकमा प्रतिष्ठानका अध्यक्ष श्री सुरेन्द्र ढकालले यस आ व को प्रथम त्रैमासिक अवधिमा प्रतिष्ठानबाट सम्पन्न भएका कामको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जस अनुसार यस अवधिमा १४ वटा संघसस्था, विद्यालय तथा व्यक्तिहरुलाई प्रतिष्ठानबाट रु १० लाख ५२ हजार बराबरको कार्यक्रम गरिएको जानकारी दिनु भएको थियो । 

बैठकको अवसरमा विभिन्न ब्यक्तित्वहरुले दशै, तिहार छठ तथा नयाँ नेपाल संम्वतको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा मन्तब्य राख्नु भएको थियो । मन्तब्य राख्नेहरुमा श्री टंक बहादुर श्रेष्ठ, श्री इश्वरी भट्राई, श्री शंकर प्रसाद पौडेल, श्री गोविन्द गिरी, श्री सविता वस्नेत केसी, श्री घनश्याम मिश्र, श्री विष्णु वहादुर कार्की हुुनुहुन्थ्यो । नयाँ मानार्थ सदस्यद्धय श्री सागर निधि तिवारी र श्री सन्ध्या राजभण्डारीले आफुहरुले प्रतिष्ठानले गरेको कार्यबाट निकै प्रभावित भएको कारण मानार्थ सदस्य लिएको  बताएका थिए । प्रतिष्ठानका सचिव श्री तेजेन्द्र प्रशाईको धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन भएको गरिएको थियो ।