काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
अहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूभित्र मतभिन्नता छ । सो विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ ।


0 comment