काठमाडौं ।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा कास्की प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत कास्कीमा उपस्थिती गराउदैछ । यसको विरोधमा रास्वपाका नेता कार्यकर्ता सडकमा आन्दोलनरत छन । प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले नारावाजी गरिरहेको छ । यसैगरी प्रदर्शनलाई लक्षित गरी कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका जनाइएको छ ।
निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको स्रोतले विशाल नेपाल अनलाइन खबरलाई बताएको छ ।


0 comment