काठमाडौं - कपिलवस्तुको विजयनगर गाउँपालिका- ६ जुडपनीयाबाट सिसौको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।
हिजो साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिनुभयो ।।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


0 comment