काठमाडौं - खुकुरी प्रहारबाट खोटाङ्ग साकेला गाउँपालिका–३ खिदीमामा २५ वर्षीय झरना राई र उक्त गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाडाँ गाउका २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् ।
खिदीमाका २७ वर्षीय रवीन राईले नाताले बहिनी पर्ने झरना राई लाई शुक्रबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको र रवीनलाई त्यसै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
वहिनी पर्ने झरनाको बाँया हातमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि धरान पठाइएको स्रोतले बतायो । प्रहरीका अनुसार रविन राईलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान बढाइएको छ ।


0 comment