काठमाडौं ।
देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव पेस्तोलसहित रौतहटमा पक्राउ परेका छन् । यादव दुर्गा मेला लागिरहेको स्थानबाट पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । े जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायका अनुसार यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद गरिएको छ ।
रायका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ । प्रहरीले बताए अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ । प्रहरीका अनुसार पक्राउ गरिएका यादवमाथी अनुसन्धान भइरहेको छ ।


0 comment