काठमाडौं - दैलेखमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका- ४ डबलगैरामा क.प्र. ०२००१ ख ०८२५ नम्बरको मिनीबस दुर्घटना भएको हो ।

दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेत तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।