काठमाडौं - दशैँ मनाउन संघीय राजधानी छाडेर मानिसहरु गाउँ फर्किएपछि यतिखेर राजधानी काठमाडौँ सुनसान प्राय: छ ।
काठमाडौँका सडकहरुमा सवारी साधन निकै कम गुडेका छन।
सँधैँ जामको सामना गरिरहेका कतिपय सवारी चालकहरु दशैँमा नयाँ अनुभव हुने गरेको बताउँछन ।
सडकमा केही ट्याक्स र निजी सवारी साधनबाहेक अरु साधन देखिँदैन । मोटरसाइकल चालकहरु पनि कमै भेटिन्छन।
मन्दिर जानेहरुको भने बाक्लै उपस्थिति भेटिन्छ ।
सार्वजनिक सवारी साधनमाम टेम्पो र केही मिनीबसहरु चलेका छन।
तर अघिल्ला बर्षहरुको तुलनामा बजारका पसलहरु खुलेका छन ।
साना साना चिया पसल र केही कफी सप बाहेक रेष्टुरेण्टहरु भने खासै खुलेका छैनन ।


0 comment