काठमाडौं - केही समयअघि परेको अविरल वर्षाले वाढी आउदा वीपी राजमार्ग क्षतविक्षेत भएको छ । वाढीले सडक बगाएपछि सोही मार्ग भएर दशैका लागि गाउफर्किने यात्रुले निकै सास्ती भोगिरहेका छन् । यात्रुले सास्ती भोगिरहेका बेला भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले शुक्रबार बिहान १० बजेसम्ममा वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराए ।

प्रधानमन्त्री केपी ओलीसँग भएको कुराकानीमा सचिव शर्माले शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराए । आज दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारीसमेत सचिव शर्माले गराएको स्रोतको भनाई छ । सचिवले भनेजस्तै भोलीबाट विपि राजमार्गको सडक सुचारु भएको अवस्थामा दशैमा घर फर्किले कयौ यात्रुहरुलाई सहज हुने अनुमान गरिएको छ ।