काठमाडौं - सरकारले घुम्ती खाद्य प्रयोगशाला सहित आजदेखि बजार अनुगमन सुरु गरेको छ ।  दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर अनुगमन सुरु गरिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको छ  ।