उपभोक्ता हित संरक्षण मञ्चले २०६८ सालमा दायर गरेको दुई अलग अलग रिटको सन्दर्भमा करीब १२ बर्ष पछि सर्वोच्चका न्यायधिस डा. आनन्द मोहन भट्टराई र बिनोद शर्माको इजलासले बि.स. २०५५ सालदेखिका नदी किनाराको सन्दर्भमा सुकुम्बासीहरुको बास्तबिकता र प्राकृतिक बहाबलाई सहजिकरण तथा कम भन्दा कम मानवीय क्षति पुर्‍याई जनतालाई संरक्षित गर्ने उद्देश्यको साथ कडा मिहिनेत र बौद्धिकताको अधिक्तम प्रयासपछि फैसला भएको भएता पनि एउटा बिषयवस्तु जो जनताको सम्पतिको हकसंग प्रत्यक्ष असर पर्ने गरी उपत्यका नगर विकास समितिले उपत्यकाको नदी किनारको निर्माण सम्बन्धमा २०६४ मा मापदन्ड निर्धारण गरेको थियो । 

मिति २०६५ मंसिर १ गते मा निधारित गरिएको बाग्मती, बिष्णुमती, मनोहरा, हनुमन्तेमा दायां बायां २०/२० मिटर नख्खुखोलामा १२ मिटर, बल्खु खोला, कर्मनाशा, कोईकु खोला, साँङले खोला र महादेब खोला १०/१० मिटर र अन्यमा ९ मिटर र करखुशी खोलामा ६/६ मिटरले दुरी कायम गरी निर्माण गर्न मिल्ने मापदण्ड निर्धारण गरिएको थियो । रिट दर्ता गर्ने संस्थाको के थियो भन्दा पनि उपत्यका वातावरणीय दृष्टीकोणले ब्यबस्थित शहरिकरण गरी जनजीवनलाई सहज जीबन यापनको निम्ति होला भन्ने अनुमान गरौ । रिट दायर सार्बजनिक सरोकारको विषय जनताको हक हिन सँग सम्बन्धित रहेको हुन्छ सामान्य तया त्यसैले १२ बर्ष सम्म जनताको तहसम्म बिषय वस्तुहरु पुग्न पाएको थिएन जब सर्वोच्चको मिति २०८० सालमा भएको फैसला उपत्यका बासीमा तरङिगत बनायो । जब खोलाकिनाराको मापदण्डमा थप २० मिटर छोडी मात्र नक्शा पास हुने भनिगरीएको सूचनाले सुनामी पूर्वको समुन्द्रमा देखिने ज्वारभाटाको रुपमा प्रतिबिम्वित भइरहेको छ । स्थानीय तहहरु उपत्यकाका तीन जिल्ला भित्रका नदीहरुको किनारालाई ब्यवस्थित गर्ने उद्देश्यले जारी गरीएका ७ परमादेशहरु जारी गरेको थियो । 

फैसलामा के थिए त मुख्य बुँदाहरु

बागमती र यसका सहायक नदीहरुमा आउने बाडीको उच्चतम जोखिमलाई दृष्टिगत गरी नेपाल सरकारको विगतमा कायम गरेको मापदण्डलाई थप २० मिटर छाडेर मात्र निर्माणको अनुमति प्रदान गर्ने, उक्त स्थानमा सरकारी जग्गा अतिक्रमण गरी बनाएका संरचनालाई बिस्थापन गर्ने ।

कुनै नदीका खोलाको हकमा सीमा नतोकिएको भएमा किनाराबाट दायाँबायाँ २० मीटर कायम गरी सिमा निर्धारण गर्ने थप गरीएको दुरीमा संरचना नबनेको अबस्थामा निर्माण निषेधित क्षेत्र शेषणा गरीएकोले निर्माणको अनुमति प्रदान नगर्ने ।

कानून बमोजिम नक्सापास गरी पहिले नै संरचना निर्माण गरिएको अवस्थामा नदी किनारामा ढल  वा प्रयोधन केन्द्र आदि निर्माण गर्ने र नदी तथा खोलाको सहज प्रवाहको लागी आवश्यक जग्गा कानून बमोजिम क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने । 

प्रदुषण नियन्त्रणकै सन्दर्भमा नदी किनारामा बसोबास गरेका ब्यक्तिहरुको सरकारी जग्गा अतिक्रमण गरी बस्ने कुनै हक नहुने भएपनि बाध्यतामा परी बिकल्य नभई बसेका वास्तविक सुकुम्बासीको पहिचानगरी इचंकुनारायणमा निर्मित आवासमा स्थानान्तर गर्ने । उक्त आवासमा जान नचाहेमा वा ब्यवस्थाप गर्न नसकिने भएमा अन्यत्र बैकल्पिक ब्यवस्था नभएका वास्तविक सुकुमबासी परिवारका हकमा संविधानको धारा ३७ (१)ले प्रत्याभूत गरेको बसोवासको हकलाई मध्यनजरगरी राहत स्वरुप नगद प्रदानगरी अतिक्रमण हटाउने ।

प्रथम चरणमा रहेका जोखिमयुक्त घर टहरालाई हटाई नदीको किनार कायम गरी असोजपछि चरणबद्ध तटबन्धन टेवा सिमा पर्खाल निर्माण गर्न वा वाटो कायम गर्न रोक्ने तत्पश्चात नदी किनाराको हरियाली क्षेत्र ओगटेर वस्नेलाई हटाउने ब्यवस्था गर्ने । 

सम्पूर्ण उपत्यका भित्रका सवै स्थानीय तहको समन्वय पूर्ण तत्परता हुने भएकोले एकिकृत विकास समितिको नेतृत्वमा सहकारीताको भावले काम गर्ने । यस अघि नै सरकार वा कुनै संस्था वा स्मृति प्रतिष्ठानको प्रयोजनलाई जग्गा हस्तान्त्रण गर्ने कार्य बन्द गर्ने । सार्जजनिक जग्गा र नदी किनाराको जग्गा निर्धारण गर्न २०२१÷०२२ सालमा तयार भएको सवै नक्शालाई आधार मान्ने । 

त्यसै गरी सार्वजनिक जग्गा पत्ता लगाउन रावल आयोगको प्रतिवेदन २०५२ समेतलाई आधार मान्ने, साथै बर्षातको बाडीमा नदीको डुवानमा पर्ने जग्गा दर्ता वारे छानविन गरी मालपोत ऐन, २०३४ को दफा २४ बमोजिम निर्णय गरी सार्वजनिक जग्गाको संरक्षण गर्ने गराउने । यसरी नदी किनारालाई व्यवस्थित गरी नदीलाई अवरोध नहुने गरी वास्तविक सुकुम्वासीलाई पहिचान गरी सवैधानिक अधिकारबाट हक दिलाउने जस्तो गरीमामय कार्य गर्न खोजिएको छ । रावल आयोगलाई आधार मानी नदी २०२१÷०२२ लाई आधार मानी पनि भनिएको छ । जनधन प्रदुषणबाट उपत्यका बासीलाई संरक्षण गर्ने अभिप्राय देखिए पनि वास्तविकताको कसीलाई वेवास्था गरी सिद्धान्तको काल्पनिकतामा राम राज्यको परिकल्पना स्वरुप आएको देखिन्छ । यदि यो वि.स. २०२१ साल तिर आएकोभए सोही आरमा सरकार स्थानीय सरकार, विकास प्राधिकरणहरुको डिजायनले स्वरुप ग्रहण गर्दथ्यो । वि.स.२०४६ साल पश्चात बेथितिका विभिन्न परिघटनाहरुका चाङ्ग रहेकाछन मिल्ने नमिल्ने सवै प्रकारका काम कारवाही भएका कारणबाट आज यो अवस्थामा आई पुगेका छौं । 

नेपालको संविधानमा के छ व्यवस्थाः

नेपालको संविधान २०७२ को धारा २५ मा सम्पत्ति सम्वन्धी हकको प्रत्यायभूति गरेको छ । नागरिकलाई कानून बमोजिम सम्पत्ति आर्जन गर्न, भोग गर्न, वेचविखन गर्न पाउने छ । कानून बमोजिम कर तिर्नु पर्ने छ । सार्जजनिक हितका लागि वाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले कुनै अधिकारको सृजना गर्ने छैन । तर कुनै पनि व्यक्तिले गैह्र कानूनी रुपमा आर्जन गरेको सम्पत्तिको हकमा यो लागू नहुने भनी स्पष्टसँग संविधानले व्यवस्था गरेको छ । उपधारा ५ र उपधारा ३ बमोजिम राज्यले सार्वजनिक हितका लागी कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको लागि कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको सट्टामा प्रयोग गर्न पाउने छ । यसरी सार्वजनिक हितको लागि ब्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्य प्रणाली ऐन बमोजिम गरीने गरी जनताको सम्पत्तिको अधिकारलाई मौलिक हक अन्र्तगत राखी अहरण्ीाय हुने ब्यवस्था गरेको छ । 

बैद्याधिक स्रोतबाट आम्दानी गरेको सम्पत्ति कुनै पनि शिर्षकबाट अघिग्रहण नगरिने गरी मौलिक हकको प्रत्यायभूति गरएिकोछ भने सार्वजनिक हकहितको लागी कुनै अचल सम्पत्तिको प्रयोग गरेवापत कानून बमोजिम क्षतिपूर्ति दिएर मात्र राज्यले निजी सम्पत्तिलाई प्रयोग गर्न पाउने ब्यवस्था छ । अहिलेको सर्वोच्चको फैसलाले जनताको सम्पत्तिलाई फैसलाबाट नै स्वतः मापदण्डमा पारी बेचविखन नगर्न बैंककिङ्क प्रयोजन र निर्माणको निम्ति बन्देज गरीएको अवस्था छ । 

सन् १९३१ मा अमेरिकाले उचित क्षतिपूर्तिको सुनिश्चितताको व्यवस्था गरी सार्वजनिक प्रयोजनका लागि व्यक्तिगत सम्पत्ति अधिग्रहण गर्ने उद्देश्यले फेडरल डिक्लेरेशन एक्ट, १९३१ ले प्रतिपादन गरेको नीतिले भ्ःक्ष्ल्भ्ल्त् म्इःब्क्ष्ल् हो । जसले व्यक्तिगत सम्पत्तिलाई विधिपूर्वक राज्यले उचित क्षतिपूर्ति दिएर सार्वजनिक प्रयोजनमा जसरी पनि लगाउनलाई बाधा पर्दैन भन्ने हो । यु.के. क्यान डा., इन्डिया, युरोप, अष्ट्रेलिया लगायतका देशले यसै सिद्धान्तका आधारमा जनताको सम्पत्तिलाई सम्बोधन गर्नुपर्दछ भन्ने कुरा हाम्रो संविधान कानूनले पनि केही हदसम्म अपनाएको पाइन्छ । तर नेपालमा मुआज्याको प्रणाली व्यवहारतः अति जटिल छ। दशकौं सम्म कार्यान्वयन हुन सकेको छैन । 

जनताको मिहिनेत परिश्रम गरी राज्यलाई विधिपूर्वक कर तिरेको सम्पत्तिलाई सजिलै सँग एउटा नीतिको कारणले सुकुम्बासी बनाउने अनि लामो समयसम्म क्षतिपूर्ति दिन नसक्ने हो भने त्यो औचित्यहिन नै हुन जान्छ । JERYMY BENTHAM उपयोगितावादको सिद्धान्त अनुसार उनको उपयोगितावादको  नैतिक सिद्धान्त न्यायधिशको कार्य र कानूनले हरेक मानिसको लक्ष्य सुखको अपेक्षामा दुःख रहित तरिकाले रहेको हुन्छ । यसको जड विशेष कानून र कार्यबाट अधिकतम खुशीको लागि थोरै पिडा शास्ती हुने गरी विशेष कार्य नीति हुनु पर्दछ । हाम्रो पूर्वीय दर्शन भनिएको छ कि सर्वे भवन्तु सुखीन सर्बे शन्तु निरामया सर्बे भद्राणि पश्चयान्ति मा किन्चित दुःख भागवेत सबै जना सुखी रोगमुत्त हुन सबै मंगलमयका साक्षी बने र कसैलाई पनि दुःख भोग्नु नपरोस् भन्ने मूल्य र मान्यतामा समाज चलायमान रहेको पाइन्छ । 

जनताको आवाजलाई सधै कम आक्ने सरकार अनि शक्ति पृथकीकरण सिद्धान्तका तीन पिल्लर मध्येको न्यायलय पनि आवाज विहिन जनताको आवाजलाई सम्बोधन गर्नुको अलावा जनताको संरक्षण सम्पत्तिको रक्षाको खातिर न्यायिक मनको प्रयोगलाई बिचलित बनाई करिब असी हजार जनता र तिनका परिवारलाई नियतबस विल्लीवाठ बनाउने दृष्टता प्रष्ट नै देखिन्छ । १ नं. र २ नं. बुद्धा अनि २०२१ सालको नापि केन्द्रीत नाप जाँचलाई आधार मान्ने भनि दिएको फैसलाले गम्भिर मोड लिएको छ । कही सार्वजनिक सरोकारका रिट दिनेहरुले सबै जनहितायको अभिप्रायले दिएको होकी देशलाई थप जटिलताको मोडमा पुर्‍याउन गोदावरी मार्वलमा वातावरणीय प्रश्न उठाई खानी बन्द गराई रोजगारी खोसी खर्बौ मार्वलको आयातको निर्वाद ढोका खोलियो । यसले दीर्घकालिन रुपमा कति क्षति पुर्‍यायो यो सोचनीय विषय हो । 

सम्मानित सर्वोच्चका न्यायधिश ज्यूहरुले नेपालको अर्थतन्त्र, पचासौं वर्ष देखिको मुअब्जा पाउन नसकेको तीनकुनेको कथा ललितपुरको गोदावरी जाने स्थानको वाटो विस्तारमा जनताको उठीवास लाग्ने राज्यले उचित मुआब्जा दिन न सक्ने भएको बिसौ बर्षसम्म कार्यान्वयन नआएको कारणबाट र भक्तपुरको बाखा बजारको बाटो बिस्तार त गरी जनतालाई बासको लागी सम्बोधन गर्न असमर्थ रहेको सरकारले करिव ८० हजार घरका छ लाख जनताहरुले तुरुन्तै सुकुम्वासी हुनुपर्ने अर्को तिर बैंक लोनको जोखिम, महानगरका मेयरको सूचना प्रकाशित गरेपछिको पराकम्पन बैंक बित्तिय संस्थाले धितो परिवर्तको दबाबदिन थालेपछि विछिप्त सर्वसाधारण जनता पुगीरहदाँ राजनैतिक दलहरुलाई गम्भिर चासो नहुनु दुर्भाग्य पूर्ण नै छ । 

न्यायकर्मीको फैसलाले दीर्घंकालिन रुपले उपत्यकालाई व्यवस्थित पार्ने कदम प्रति सम्मान गर्दै जनतालाई स्वामित्वमा भइरहेको सम्पत्तिलाई नामेट पारी राज्यबाट मुआब्जाको सपना देखाई फैसलाहुनासाथ कार्यान्वयन जानेगरी भएको फैसलाले भने अपरिपक्कताको पराकाष्ट मात्र होईन न्यायलय प्रतिको भरोसा टुटने खतरा तर्फ उन्मुख छ । जसरी सुकुम्वासी तर्फको फैसलाछ त्यसै गरी मुआब्जा उपलब्ध गरेर मात्र कार्यान्वयन गर्नु गराउनु भनेको भए सोचनिय हुनसक्दथ्यो । फैसलाले जनताको ब्यक्तिगत सम्पत्ति विनाकारण कुनै शिर्षकमा समाप्त पारी राम राज्य स्थापना गरी सुख प्राप्त गर्ने गरी गरिएको फैसलाले न्यायिक मुल्य र मान्यतामा दरार आउन सक्छ यसर्थ सरकारले न्यायिक पुनरावलोकनमा गई जनताको संविधान प्रद्धत मौलिक हकको रक्षर्थमा सरिक हुन जरुरी छ । कार्यपालिकाको गलत कदम रहेछ भनेपनि जनतालाई राहत दिने निकाय न्यायपालिका हो । तर यो फैसालले त कार्यपालिका भन्दापनि कठोर बनेको देखियो जसले ठुलो संख्यामा जनतालाई घरबार विहिन बनाउने निश्चित प्रायछ ।