काठमाडौं - काठमाडौं-नौबिसे-दामन-हेटौँडा सडक सुचारु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौं-मुग्लिङ-चितवन सडकखण्ड खुलेपनि अत्यधिक जाम रहेको छ ।
चितवन-दाउन्ने-बुटवल सडक खुला गराए पनि राति १० देखि बिहान ५ बजेसम्म बन्द हुने प्रहरीले जनाएको छ ।
हालसम्म खुलाइएको सडकखण्डहरुमध्ये मुग्लिन-पोखरा-बाग्लुङ सडक, हेटौँडा-पथलैया-जनकपुर सडक, बर्दिबास-कोशी ब्यारेज-इटहरी सडक, इटहरी-दमक-काँकडभित्ता सडक खुला भएको छ ।
यसैगरी, बुटवल-नेपालगञ्ज-धनगढी, नेपालगञ्ज-सुर्खेत-दैलेख, नेपालगञ्ज-चिसापानी-धनगढी र काठमाडौं-सिन्धुपाल्चोक-दोलखा सडकखण्ड खुला भएको छ ।
अझै अवरुद्ध सडक
सिन्धुलीको नेपालथोक र काभ्रेको भकुन्डेबेँसीमा पहिरोका कारण काठमाडौं-धुलिखेल-सिन्धुली सडकखण्ड अवरुद्ध छ ।
टीका भैरवमा गएको पहिरोका कारण ललितपुर-हेटौँडा सडक, भोटेकोशीमा पहिरोका कारण बाह्रबिसे-तातोपानी सडक र छैमलेमा पहिरोका कारण काठमाडौं-बल्खु-सिस्नेरी सडक पनि अवरुद्ध छ ।
प्रहरीले यात्रामा निस्कनु अघि ११४९, १०३, १०० मा सम्पर्क गरेर सडकको अवस्था बुझ्न आग्रह गरेको छ ।


0 comment