काठमाडौं - एन्फा महिला लिग अन्तर्गत आज भएको खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ नगरपालिकामाथि २-१ को कठिन जित निकाल्दै एपिएफ दोस्रो स्थानमा उक्लिएको छ।

४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ । समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।

आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।