काठमाडौं । 
बाल विकास समाजले संस्थाको छात्रवृत्ति कार्यक्रम अन्र्तगत अध्ययन गरी शैक्षिक वर्ष २०८० मा एस इ इ पास गर्ने ७ जना बालबालिकाहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संस्थाले सामाजिक परिक्षण तथा वार्षिक उत्सव समारोहमा बालबालिकाहरुलाई सम्मान गरेको हो । संस्थाको वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी प्रतिनिधि सभाका उप सभामुख माननीय इन्दिरा रानाले शुभकामना मन्तव्यको क्रममा बाल विकास समाजले गरेको काम देख्दा निकै खुशी लागेको बताउनु भयो । उहाँले भन्नु भयो म पनि बालबालिकाको क्षेत्रमा काम गरेर नै आएकी र अहिले फरक भुमिकामा भए तापनि बालबालिकाहरुको अधिकारका लागि सधै आफू सम्बेदनशिल हुन्छु । विशेष गरी जेलमा रहेका आमाबाबुका बालबालिकाको संरक्षणमा आफूले काम गरेको माननीय उपसभामुख रानाले बताउनु भयो । तलपरेको समुदाय वर्गको उत्थानका लागि प्रमुख जिम्मेवारी राज्यकै हो सरकारको नै हो तर पनि सरकारलाई राज्यलाई खबरदारी गर्ने घचघच्याइरहने भूमिकामा सामाजिक संघ संस्थाको आवश्यक भएको कुरा उपसभामुख रानाले बताउनु भयो । सरकार एक्लैले सबै वर्ग समुदायको समस्या नदेख्न सक्छ त्यस अवस्थामा यसतै गैर सरकारी संस्थाहरुले सरकारलाई पछाडी परेका वर्ग र समुदायको समस्या पहिचान गर्न सहयोगी हुनु पर्दछ उहाँको भनाइ थियो । बालबालिका सम्बन्धी आवश्यक ऐन कानुन बनाउने भूमिकामा आफू भएको हुनाले बालअधिकार प्रत्याभूतका लागि आफू सधै लागि पर्ने प्रतिवद्धता पनि सभामुख रानाले व्यक्त गर्नु भयो । सबै भन्दा ठूलो कुरा सञ्जाल नेटवर्कीङ हो सामाजिक संघ संस्थाहरुको सञ्जाल महत्वपूणर््ा हुन्छ ती सञ्जालहरुले दविएका दवाइएका आवाजहरुलाई बुलन्द पारी सरकारको कानसम्म पुर्याउने वातावरण बन्न सक्यो भने मात्रै सरकार चनाखे कुरा उप सभामुख रानाले मन्तव्यको क्रममा बताउनु भयो । 
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले बाल विकास समाजको कामले निम्नस्तरका बालबालिका तथा महिलाहरुको लागि सरहानीय काम गरेको १२ नं. वडामा रहेको एक मात्र सामुदायिक विद्यालय बालकुमारी माविका लागि छात्रवृत्ति लगायतका कार्यक्रमहरु संस्थाले सहयोग गरिरहेको कुरा बताउनु भयो । संस्था र बालकुमारी विद्यालय एउटै आगनमा भएर पनि धेरै कुरामा सहज भएको वडा अध्यक्ष भट्टराईको भनाइ थियो । 

संस्थाले वर्षौनी सामाजिक परिक्षण लगायतका कार्यक्रम गरी पारदर्शीता तथा जवाफदेहिता सिद्धान्तलाई नियमित रुपमा अगाडी बढाइरहेको यो विषय अरुका लागि राम्रो हुने कुरा बताउनु भयो । साथै महाधिवेसनबाट चयन हुने कार्यसमिति पदाधिकारीहरुलाई पनि बधाई दिनु भयो । 
संस्थाको सामाजिक परिक्षणको सवालमा समुदायबाट आएका प्रतिनिधिहरुले संस्थाले सञ्चालन गरेका क्रियाकलापहरुबाट हामीहरु निकै लाभान्वित भएको कुरा राखे भने सरकारी तथा गैरसरकारी निकायहरुबाट आएका प्रतिनिधिहरुले संस्थाको कामको पारदर्शीता खर्चको पारदर्शीताको सिद्धान्त निकै राम्रो लागेको बताए । संस्थाले ३४ औं साधारण सभाका साथै ९ औ महाधिवेसन गरी डा. रिता सिंह हमालको नेतृत्वमा नयाँ कार्यसमितिको चयनसमेत गरेको छ । संस्थाले वल्डभिजन इन्टरनेसन नेपालको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।