काठमाडौं - एन्फा महिला लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिसको विभागीय टीमले सुदूरपश्चिम प्रदेशलाई विशाल गोल अन्तरले पराजित गरेको छ ।

विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई ९-० को विशाल गोल अन्तरले पराजित गरेको हो ।

एन्फा महिला लिग अन्तर्गत आज दुईवटा खेलहरु सम्पन्न भएका थिए ।

यसअघि, आज भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएसँगै दुबै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।