काठमाडौं - धरान उपमहानगरपालिकामा दोस्रो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ। 

स्व. कालिप्रसाद राइको स्मृतिमा नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तीन दिनसम्म फुटसल प्रतियोगिता सञ्चालन हुने क्लबका सस्थापक अध्यक्ष रबि राईले बताए।  

फुटसल प्रतियोगितामा भारतको सिक्किम, आयोजक धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ, गाइघाट लगायतका स्थानबाट १६ टिमले सहभागिता जनाउने उनले बताए। प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडीहरूको समेत सहभागिता रहनेछ। 

प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले  नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण राईले बताए। प्रतियोगिताको विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडीलाई जनही नगद १० हजार पुरस्कार प्रदान गरिने उनले बताए।