काठमाडौं - आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ ।

श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार श्रीलंका गएको थियो । 

हिजो पनि पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन ।

आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन । नेपालले तेस्रो तथा अन्तिम खेल अब भोलि हुनेछ ।

क्यानाडामा हुने आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्नु अघि नेपली टीम अभ्यास खेल खेल्न श्रीलंका गएको हो ।