काठमाडौं - उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

सेन्टेनारियो रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा ३७ वर्षीय सुआरेजले शुक्रबार आफूले देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल खेलेर बिदा हुने घोषणा गरेका हुन् ।

१४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड सुआरेजले शुक्रबार पाराग्वे विरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

उरुग्वेले शुक्रबार पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ । सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको पनि बताए ।