काठमाडौं - आजदेखि एन्फा महिला लिग सुरु हुँदैछ। 

लिगको उद्‌घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुँदैछ। 

उद्‌घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ। 

आजको उद्‌घाटन खेलमा सबैलाई प्रवेश निशुल्क गरिएको अखिल नेपाल फुटबल सघ (एन्फा) ले जनाएको छ।